काठमाडौँ – सरकारले सहुलियतपूर्ण तथा अनुदानप्राप्त वस्तु आयातमा कडाइ गरेको छ । मंसिर दोस्रो साता यस्ता सामानको आयात रोक्ने गरी बनेको सेफगार्डस् एन्टी डम्पिङ तथा काउन्टरभेलिङ्ग नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।


ADVERTISEMENT


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ वर्ष अघि नै यसको विधेयक बनाएर अघिल्लो वर्ष ऐन बनाएकोमा नियमावली बन्न नसक्दा ऐन कार्यान्वयनमा वाधा उत्पन्न भएको थियो । अघिल्लो वर्ष संसद्बाट विधेयक पास भई बनेको ऐन कार्यान्वयन गर्नेगरी सरकारले नियमावली स्वीकृत गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले बाहिरी मुलुकबाट आयात सामानलाई भण्डारण गर्न नपाउने गरी सेफ गार्डस् एन्टी डम्पिङ तथा काउन्टरभेलिङसम्बन्धी ऐन कार्यान्वयन गरिने बताएको छ । ऐन कार्यान्वयनमा आएपछि यसले अस्वभाविक आयात, लागत मूल्यभन्दा कम मूल्यमा आयात र सहुलियत प्राप्त वस्तुको अत्याधिक आयातलाई रोकिने मन्त्रालयकी प्रवक्ताम उर्मिला केसीले बताइन् ।