काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गरेको छ ।


ADVERTISEMENT


पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गुरुङलाई नेकपाको गण्डकी प्रदेशको र पोखरेललाई लुम्बिनी प्रदेशको इन्चार्जबाट हटाउने निर्णय गरेको हो । बैठकले देवेन्द्र पौडेललाई गण्डकी र र युवराज ज्ञवालीलाई लुम्बिनी प्रदेशको इन्चार्ज बनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि केपी ओली समूहले पनि प्रचण्ड–माधव समूहका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।