काठमाडौँ – नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अविबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पुर्वतयारी एवं व्यवस्थापनमाथि प्रकास पारेका थिए ।

त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुवेदी तथा प्रदेश – १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रती सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गरे ।