काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिँसा भड्काउने अभिव्यक्ति दिएको भन्दै फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् ।


ADVERTISEMENT


बुधवार ट्रम्प समर्थकले क्यापिटल हिल्स भवनमा पसेर हिँसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले ट्रम्प पुनः अमेरिकाको राष्ट्रपतिमा विजयी भएको स्वघोषणा गर्दै हिँसा मच्चाएका थिए । हिँसात्मक गतिविधिमा गोली लागेर १ को मृत्यु भएको छ भने ४ गम्भीर घाइते छन् । राजधानी वासिङटन डिसीमा कफ्र्यू लगाइएको छ ।


ADVERTISEMENT

# # #


क्यापिटल हिल्समा हिंसा मच्चिएपछि ट्रम्पले समर्थकलाई शान्ति कायम गर्न र घर फर्किन आग्रह गरे पनि चुनावी नतिजाका बारेमा गलत दाबी गर्दै भिडियो अपलोड गरेका थिए । तर उनको भिडियोमा हिँसा घटाउने भन्दा बढाउने खतरा देखिएपछि आफूहरुले भिडियो हटाएको कम्पनीले जनाएका छन् । फेसबुकले भिडियो हटाएको बारे भनेको छ, ‘हामीले सन्तुलन कायम गर्नका लागि हटायौं किनकी यसले हिंसा घटाउनेभन्दा पनि बढाउने खतरा थियो ।’