जनकपुरधाम – सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयमा घुस रकमसहित दुईजना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार्यालयका नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।


ADVERTISEMENT

# # #


लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।