काठमाडौँ – ईटरनेट सेवा प्रदायक कम्पनी भायानेट टेलिकम्युनिकेसन प्रा.लिको ग्राहकहरूको तथ्याङ्कमा अनधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, ईन्स्टाग्राम,
ट्वीटर लगायतका सामाजिक संजालमा ‘स्किृप्ट’ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका– बस्ने करिव १७–१८ कर्षीय युवक ‘नरपिचास’ (परिवर्तित नाम) रहेका छन् । अनुसन्धानका क्रममा उनले भायानेट टेलिकम्युनिकेसन प्रा.लिको विद्युतीय संयन्त्रमा अनधिकृत रुपमा पहुँच राखी डाटा ब्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्याण्डल लगायत फेसबुक, ईन्स्टाग्राम समेतको माध्यमबाट सार्वजनिक ‘स्किृप्ट’ गरेको खुलेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद–९ बमोजिम जिल्ला अदालत काठमाडौँबाट अनुमती लिई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय, बुटवल समेतको सहयोगमा आइतबार व्यूरोबाट खटिएको टोलीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको व्यूरोले जनाएको छ ।