एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले हिँसा भड्काएको आरोपममा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो ।


ADVERTISEMENT


ट्रम्पमाथि अमेरिकी संसद क्यापिटल हिलमा आक्रमण गर्न कार्यकर्ता उक्साएको दाबी डेमोक्रेटिक पार्टीको छ । यससँगै ट्रम्पले चुनाव परिणाम उल्टाउन अधिकारीहरुलाई दबाब दिएको समेत आरोप लगाइएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकी संसदमा पेश गरिएको महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने एजेन्सीले जनाएका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।