काठमाडौँ– संयुयक्त विद्यार्थी संगठनले सरकारले गर्न लागेको शिक्षा ऐनको नवौँ संशोधन तत्काल फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।


ADVERTISEMENT


नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमले आज संयुक्त रुपमा आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले शिक्षा ऐनको नवौँ संशोधन फिर्ता नलिए आम विद्यार्थीका हक हित र अधिकार रक्षाका लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्य हुने बताएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा एकातिर राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षामा केही गर्न खोजेजस्तो देखाउने र अर्कोतिर त्यसको औचित्यमाथि ठूलो प्रश्न चिन्ह खडा गर्ने गरी शिक्षा ऐनको नवौँ संशोधन गर्ने सरकारको रवैयाप्रति संयुक्त विद्यार्थीको ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रतिस्पर्धि जनशक्तिको आगमनमा बन्देज लगाउने गरी आएको शिक्षाको नवौँ संशोधनले सार्वजनिक शिक्षाको गुणस्तर झनै खस्किने संयुक्त विद्यार्थीको ठहर छ । यस संशोधनले स्थायी अनुमति पत्र लिएर बसेका लाखौँ विद्यार्थीको भविष्य अन्कार बनाउने विद्यार्थी संगठनको निष्कर्ष रहेको बताइएको छ ।