काठमाडौँ– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले गएराति रौतहटमा आफ्ना स्थानीय कार्यकर्ता ५० वर्षीय रामपुकार यादवको हत्या भएकामा भत्र्सना गरेको छ ।


ADVERTISEMENT


राजपाले आज एक विज्ञप्ति जारी गरी जिल्लाको कटहरिया वडा नं ८ बलुवा टोलमा काँग्रेस र राजपा कार्यकर्ताबीच झडपका क्रममा हत्या भएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाइ कडा कारबाही र मृतकलाई उचित क्षतिपूर्तिको माग गरेको हो ।


ADVERTISEMENT

# # #