काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्माओलीलाई प्रधानमन्त्रीमा जनताले नभई पार्टीले निर्वाचित गरेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई प्रधानमन्त्री पार्टीले बनाएकाले पार्टीको निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही गर्नसक्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘पार्टीले चाहेर मात्रै केपी ओलीलाई प्रधानमन्त्री बनाएको हो, जनताले चाहेर होइन ।’ युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश( दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरे।