काठमाडौँ – जारी प्रधानमन्त्री एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले विजयी सुरुवात गरेको छ । बाग्मतीले आइतबार पुलिसलाई ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्रै बनाउन सक्यो । ११२ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको बाग्मतीले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन बनाएपछि जित हात परेको हो ।


ADVERTISEMENT

# # #


बाग्मतीको जितका लागि नटआउट ४८ रनको योगदान दिए । यस्तै इशान पाण्डले नटआउट १७ बनाउँदा पारस खड्का पनि १७ रनमै पेवेलियन फर्किए । आदिल खानले १२ रन बनाए ।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए । यसअघि पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१–२१ रन बनाउँदा सुनिल धमला र कुशल भुर्तेलले समान १७–१७ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

पुलिसको ब्याटिङलाई ध्वस्त बनाउने क्रममा तिलक भण्डारी र नन्दन यादवले शानदार बलिङ गरे । त्यसक्रममा तिलकले ७.३ ओभरमा एक मेडेन राख्दै १७ रन खर्चिएर ४ विकेट लिए भने नन्दनले ९ ओभरमा १ मेडेन ओभर फाल्दै ३१ रन खर्चिएर समान ४ विकेट नै लिए । रामनरेश गिरीका नाममा २ विकेट रह्यो ।