काठमाडौं । राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल सोमबार अध्यक्ष केपी ओलीका हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न लागेकी हुन् ।


ADVERTISEMENT


कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।


ADVERTISEMENT

# # #


कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् ।

ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।