काठमाडौं । दुई ठूला देशहरुको बीचमा भएकै कारण एकातिरबाट दुख र अर्कातिरबाट सुखको अनुभुति नेपालले गर्ने गरेको छ । उत्तरी छिमेकी देश चीनले एक बर्ष देखि अघोषित नाकाबन्दी लगाएर सास्ति दिईरहेकै बेला दक्षिणी छिमेकी देश भारतले भने नेपाललाई कोरोना बिरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराएर मल्हमपट्टी लगाएको छ ।


ADVERTISEMENT


यतिबेला चीनसँगको उत्तरीनाकाहरु ठप्पप्रायः छ । चीनले कोरोना भाइरसको महामारीको नाममा सीमामा निकै कडाई गरेर अघोषित नाकाबन्दी नै गरेका कारण आयात निर्यात ठप्प छ । यसका कारण व्यवसायीहरु देखि नेपाली जनताहरु सोझो मारमा परेका छन् ।


ADVERTISEMENT

# # #


केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन ।

विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।

चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको हो । प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्या देखापरेको छ । व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको छ ।

चीनले महामारीबीच नेपाल प्रति देखाएको प्रतिबन्धले नेपाललाई विभिन्न क्षेत्रमा असर पर्ने भएको छ । निर्माणाधीन क्रममा रहेको जलविद्युत आयोजनाको सम्पूर्ण सामाग्रीहरु चीन र नेपालको सीमामा अड्केका छन् ।

चीनको ‘अघोषित नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने बिश्लेषण छ ।

चीनले नेपाली व्यापारहरुलाई व्यापार गर्न तीब्बत भ्रमणमा समेत रोक लगाएको छ । तत्काल नेपाली व्यापारीहरु रसुवागढी र तातोपानीमात्र प्रवेश गर्ने अनुमति दिएको छ । नेपाली ट्रकहरु मितेरी पुलसम्म मात्र जाने अनुमति छ । झानझियाङ र सेन्जेन प्रान्तको प्रोटोकल अनुसार नपाली ट्रकहरु चीनको मुख्यभुमिमा चल्न पाउनेछन् । तर, त्यसमा रोक आउँदा प्रश्न तेर्सिएको छ ।

उत्तरी छिमेकीसँगको तीतो सम्बन्ध भईरहँदा दक्षिणी छिमेकी भारतले भने नेपाललाई कोरोना महामारीका बीच आवतजावतमा समेत खुल्ला गरेको छ । आयात निर्यात समेत नियमित भइरहँदा नेपालमा खाद्य सामग्री देखि पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक बस्तुहरुको अभाव भएको हुन पाएको छैन । नेपालमा भारतबाट ८० प्रतिशत सामग्रीहरुको आयात हुने गर्छ ।

यसैबीच भारत सरकारले बिहिबार १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानस्वरुप नेपाललाई दिएको छ । विश्वका सम्पन्न देशहरुले पैसा तिर्छु भन्दा पनि नपाइरहेको भ्याक्सिन नेपालले छिमेकी देश भारतबाट निशुल्क पाएको हो ।

 

 

महामारीमा भारतले नेपालका लागि देखाएको आत्मिय ब्यवहारले नेपाल भारत सम्बन्ध थप प्रगाढ भएको कुटनीतिज्ञहरु बताउँछन् । महामारीलाई साझा चुनौती भन्दै भारतले नेपाललाई गरेको सहयोगको प्रतिवद्धतालाई व्यवहारमा उतारेको भन्दै खोप सहयोगबाट दुई देश बीचको सम्बन्ध सरकार देखि जनस्तर सम्म समेत सुमधुर भएर जाने बिश्लेषण गरिएको छ ।

 

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत कोभिड विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैँ प्रतिबद्ध रहेको बताईसकेका छन् । सहयोग र सदासहायताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारत सरकार, प्रधानमन्त्री मोदी तथा भारतका सबै जनताहरुलाई धन्यबाद समेत दिएका छन् ।