काठमाडौँ– विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी वैठक आज बस्दैछ । शनिवार केन्द्रिय कार्यालय पेरिस डाँडामा भएको स्थायी कमिटीका सदस्यबीचको छलफलले आज स्थायी कमिटी वैठक बोलाएको हो ।


ADVERTISEMENT


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकले शुक्रवार भएको वृहत् विरोध सभाको समीक्षा गर्ने कार्यक्रम रहेको जानकारी दिए । उक्त वैठकले अबका आगामी कार्यक्रमको बारेमा समेत छलफल गर्नेछ । स्रोतकाअनुसार वैठकले प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई साधारण सदस्य समेत नरहेन गरी निष्काशन गर्ने बारे पनि छलफल गर्दैछ ।


ADVERTISEMENT

# # #