काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किदै नेकपा ओली समूह र नेपका प्रचण्ड–नेपाल समूहले एकअर्काबीच आरोप प्रत्यारोप तथा अनेक लाञ्छना लगाइरहेको बेला निर्वाचन आयोगले भने दुबै पक्षको माग दावीलाई अस्वीकार गर्दै पार्टी विभाजनको मान्यता नदिने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतवार बसेको वैठकले विभागजनको मान्यता नदिई आयोगमा पुरानै विवरण यथावत रहेको दुबै पक्षलाई जानकारी दिने निर्णय गरेको हो । यसको मतलब हो कि हालसम्म नेकपाको कागजी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष उक्त निर्णयप्रति असन्तुष्ट भई आन्दोलनरत छ । राष्ट्रिय राजनीतिमा अन्यौल, अस्थिरता कायम भइरहेको बेला नेकपा विभाजनलाई आयोगले अस्वीकार गर्ने निर्णय गरेको हो ।

नेकपामा दुवै समुहमा अध्यक्ष र महासचिव साझा रहेको र केन्द्रीय समितिमा पनि ४ सय ४१ जना सदस्य साझा रहेकाले पार्टी विभाजनको मान्यताका लागि आयोगले पर्याप्त आधारहरु नभेटेको बताएको छ ।