काठमाडौँ – लेखक सुदन कुमार ओलीको पुस्तक ‘आधाबाटो’ सार्वजनिक भएको छ । सामाजिक र आर्थिक विषयमा कलम चलाउँदै आएका लेखकको यो अनुभूतिसंग्रह पहिलो पुस्तक हो । अक्सिजन मिडिया प्रालिबाट प्रकाशित पुस्तकमा बाल्यकालदेखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ ओटा स्मृतिहरु संग्रहित छन ।
विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसको बन्दाबन्दीको समयमा लेखिएको यस किताबबाट पाठकहरुले भिन्नै स्वाद प्राप्त गर्न सक्नेछन । किताबमा ग्रामिण जीवनस्तरको यथार्थपरक चित्रण गरिएको छ । बाल्य अवस्थादेखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका विन्दुहरुको व्याख्या गरिएको छ । किताबका अधिकांश पात्र तथा स्थानहरुको अतिसंवेदनशील बाहेकका सबैको वास्ताविक वर्णन गरिएको छ । कहिँले अति रोमाञ्चक त कहिले अत्यन्तै रोदनमुलक भावको संयोजन भएको अनुभवहरुको प्रस्तुतिले पाठकलाई विलक्षणको अनुभव गराउँछ ।
काठमाडौँ तिलगंगास्थित आनन्द पशुपति होटेलमा विमोचन भएको हो । किताबको मूल्य २५० रुपैयाँ राखिएको छ ।
यो किताबबाट उठेको रुकम सबै विजनेश तथा सामाजिक आर्थिक अध्ययनमा लगाउने जनाइनाइएको छ । किताब ललितपुर झम्सि खेलस्थित बुक ल्याण्ड तथा विभिन्न अनलाइन माध्यमबाट प्राप्त गर्न सकिन्छ । किताब बिमोचन कार्यक्रममा महेश पौड्याल र डिल्लीराम शर्माले टिप्पणी गरेका थिए भने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साथै सो कार्यक्रममा पूर्वमन्त्री अमरसिह पुन, मनोजमणी आचार्य तथा व्यवसायि बलराम खतिवडाले लेखकलाई आगामी दिनको हार्दिक शुभकामना दिएका थिए ।