अारणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरकाे बडा दशैँकाे शुभकामना ।
ठिक याे बेला मसँग सबैजनलाई एकमुष्ट सम्वाेधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म अाफुले अाफुलाई नै अपरिचत ठानिरहेकाे छु र बिस्तारै अाफुभित्र हराइरहेकाे छु । समय उहीँ हाे तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर अाउँदाे रहेछ । मेराे हकमा समयले नेपाल अाइडलकाे मञ्च लिएर अायाे । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल अाइडलकाे फष्ट रनर अप जस्ताे गरिमामय उपाधी दिलाइ दियाे यसका लागि नेपाल अाइडलप्रति अाभारी छु ।
खासमा मेराे जन्म नै मेराे लागि एउटा अवसर थियाे, मेरा बाबा-ममी जसले मलाई जन्म दिनुभयाे र याे धर्ती चिनाउनु भयाे म सब भन्दा धेरै उहाँहरुकाे ऋणी छु । मेरा गुरुहरु जसले मलाई यहाँसम्म अाइपुग्ने बाटाे बनाई दिनुभयाे, मेरा मार्गदर्शक मेरा गुरुहरुप्रति सतसत नमन गर्दछु । मेरा सम्पुर्ण शुभचिन्तक, मेरा फ्यानहरु यहाँहरु मेरा भगवान सरह हुनुहुन्छ । मैले खास उपाधी नजितेर यहाँहरुकाे सपना पूरा त गर्न सकिन यसमा मैले जे गर्नु पर्थ्याे सायद त्याे गर्न सकिनँ र हजुरहरुकाे म अाइडल भएकाे हेर्ने सपना पूरा गर्न सकिन यसमा मेरा धेरै कमीकमजाेरीहरु पनि थिए हाेलान तर अाउँदा दिनहरुमा म ती कमीकमजाेरीहरुलाई सुधार्ने वचन दिन्छु तर मैले यहाँ जेजे प्राप्त गरेँ त्याे सब यहाँहरुले नै दिलाईदिनु भएकाे हाे । म जे छु जहाँ छु त्याे सबथाेककाे श्रेय हजुरहरुलाई नै जान्छ । मेरा हरेक कमदहरु हजुरहरु सम्पुर्णले थामी दिनु भएकाे छ, हजुरहरु बिना म एक बुँद पानी जति पनि छैन । हजुहरु हुनुहुन्छ हजुरहरुकाे माया छ र मात्र मैले म अाफु भएकाे महसुस गरेरकाे छु । हजुरहरुलाई म काेटीकाेटी प्रणाम गर्दछु ।


ADVERTISEMENT



नेपाल अाइडलका सम्पुर्ण प्रतिश्पर्धी साथीहरु यहाँहरुप्रति अाभारि छु । यहाँहरु सम्पुर्ण हुनुहुन्थ्याे र नै याे प्रतिस्पर्धामा मैले म भएकाे अनुभूत गरेकाे थिएँ । मेराे याे उपलब्धीकाे भागिदार तपाईहरु पनि बराबर हुनुहुन्छ । यहाँहरुले प्रतिस्पर्धी भएर जाे साथ र सहयाेग गरिरहनु भयाे त्याे मेरा लागि अनुपम छ । याे साथ र प्रेरणा अाउँदा दिनमा पनि मलाई उत्तिकै खाँचाे छ । देशविदेशमा बसेर मलाई लाखाैँले सहयाेग गर्नु भएकाे छ, यहाँहरुप्रति म ऋणि छु ।
अन्त्यमा मैले सबै पक्षलाई यहाँ सम्वाेधन गर्न सकिरहेकाे छैन । मैले हजुरहरुलाई जति नै धन्यवाद दिए पनि त्याे यहाँहरुकाे सहयाेगकाे बदलामा सारै सानाे लागिरहेकाे छ । मेराे विवसता यतिखेर यही हाे । मेराे खास प्रतिस्पर्धा भने अब सुरु हुँदैछ यसका लागि यहाँहरु सम्पुर्णकाे माया, हाैसला, प्रेरणा, सुझाव, सल्लाह र साथकाे सँधै खाँचाे हुनेछ । यसकाे अाशा गरिरहने छु ।


ADVERTISEMENT

# # #


यहाँहरुकाे प्याराे निशान भट्टराई