काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ ।


ADVERTISEMENT


महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो । महाशाखाले सोमबार दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थ प्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्‍वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकर परसाद बाह्रकोटी, जितामित्र सुनार लाई हराएको मोटरसाइकल पत्ता लगाएर बुझाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशर बहादुर थापा, श्याम कुमार बि.क।, धाल बहादुर कार्की, थानेश्‍वर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनले समेत आफ्ना हराएका मोटरसाइकल प्राप्त गरेक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जनाकारी दिएका छन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ‘लस्ट भेइकल एप्लिकेसन’मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

महाशाखाले यस आ.व. ०७७/०७८ मा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।