नेपाल– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार मात्रै प्रतितोला रु ९२ हजार ४ सय रहेको छापावाला सुनमा रु. ४ सय थप मुल्यवृद्धि भएको हो । मुल्यवृद्धिसंगै हाल छापावाला सुनको मुल्य रु. ९२ हजार ८ सय पुगेको छ ।


ADVERTISEMENT


यस्तै, तेजाबी सुन पनि प्रतितोला रु ४ सयले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २ सय ६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २ सय ५५ मूल्य निर्धारण भएको छ । रासस