घोराही,
९ असोज / बिभिन्न पार्टीका केन्द्रिय सदस्यहरु सहित जिल्ला स्तरका नेताहरु नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले दाङले सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु सहित नेताहरु एमालेमा प्रबेश गरेका हुन् ।


ADVERTISEMENT


एमाले प्रबेश गर्नेहरुमा राप्रपाका केन्द्रिय सदस्य कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य निर्मला बिक, नेपाली कांग्रेसका जिल्ला सदस्य डिल्लीबहादुर खड्का, कांग्रेसकै नेता बलिभद्र राना, राप्रपाका जिल्ला सचिब यामेन्द्र वली, सोही पार्टीमा मानबहादुर गोल्डस्मीथ, बलिभद्र वली, विकास पुन लगाएतका व्यक्तिहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


राप्रपाबाट एक सय बिस, नयाँ शक्तिबाट २ सय ३७, कांग्रेस, माओबादी केन्द्र लगाएतका पार्टीहरुबाट गरि करिब १५ सय बढी एमालेमा प्रबेश गरेको एमाले दाङले जनाएको छ ।

एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बामदेब गौतमले टिका, माला र खादा लगाएर नेताहरुलाई एमालेमा प्रबेश गराएका हुन् ।

उपाध्यक्ष गौतम, स्थायी कमिटी सदस्य पोख्रेल सहितका नेताहरु हेलिकप्टर चार्टर गरेर काठमाडौबाट दाङ आएका हुन् ।

जिल्ला उपाध्यक्ष हुकुमबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हिराचन्द्र केसीले गरेका थिए ।