बेलायत– मष्तिकाघातका कारण एक नेपालीले ज्यान गुमाएको छ। ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा बसोबास गरेका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा. डा. चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको हो । सहकर्मी डा. कृष्ण अधिकारीले बताए अनुसार, उनमा कोरोना संक्रमण समेत देखिएको थियो ।


ADVERTISEMENT


कोरोना सङ्क्रमणकै कारण यही माघ ५ गतेदेखि अस्पतालमा रही उपचारमा रहिरहेको अवस्थामा उनलाई अचानक मस्तिष्काघात भएको थियो । त्यसपश्चात्, उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै थियो । तर, उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नै नरहेपछि अस्पतालले अन्तिम भेटका लागि उनको परिवारलाई खबर गरेका थियो । यसअघि परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल प्रशासनले परिवारका कुनै पनि सदस्यलाई बिरामीसंग भेट्न अनुमति दिएको थिएन ।


ADVERTISEMENT

# # #


गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए। पछिल्लो समय बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत गएका थिए ।

राजनीतिक रूपमा पनि सक्रिय डा लक्सम्बा वि सं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित समेत भएका थिए । त्यसपश्चात् उनी ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास भए। नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा नियुक्त समेत गरेको स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन् । रासस