चितवन– जिल्लाका नौ व्यावसायिक फर्मलाई कारवाहीमा कारवाहीमा परेका छन् । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका जिल्लाका नौ व्यावसायिक फर्म कारवाहीमा परेका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।


ADVERTISEMENT


अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले बताए।


ADVERTISEMENT

# # #


उनका अनुसार, कारवाही पर्नेमा व्यावसायिक प्रतिष्ठान अन्तरगत भरतपुर महानगरपालिका ५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर २ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई पनि जरिवाना स्वरुप रु ५०/५० हजार तोकिएको छ।

यस्तै, व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका १० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । संरक्षण कार्यालयले अनुगमनका क्रममा नै सो पसलहरु लाई जरिवाना तोकिएको थियो । उनीहरुलाई एक साताभित्र वाणिज्य बैंकमा जरिवाना जम्मा गर्न निर्देशन समेत दिइएको छ । रासस लाई