सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।


ADVERTISEMENT


शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए । रासस