काठमाडौँ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल माघ १९ गते सबै भातृ संस्थाहरुलाई परिपत्र जारी गरेको छ ।


ADVERTISEMENT


काँग्रेसको केन्द्रिय समितिको वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी असंवैधानिक र अलोकतान्त्रिक काम गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


सोही निर्णयअनुसार सबै भातृ संस्थालाई सरकारको असफलता र कुशासन विरुद्ध विरोध प्रदर्शन गर्न परिपत्र पठाइएको नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको, भ्रष्टाचारजन्य क्रियाकलापमा लागेको, कोरोना नियन्त्रण तथा व्यवस्थापनमा असफल भएको लगायतको निक्यौल काँग्रेसको रहेको छ ।