‘एन्टिबायोटिक औषधि’ को प्रयोग खासगरी ब्याक्टेरिया(जिवाणु)को संक्रमणबाट बच्नका लागि गरिन्छ । प्रायजसोः गम्भीर प्रकृतिका ब्याक्टेरियाको संक्रमणबाट बच्नको निम्ति मात्रै चिकित्सकहरुले यसको प्रयोग गर्न सल्लाह दिने गर्छन् । यद्यपि हाल एन्टिबायोटिक औषधि समूहको उच्च मात्रामा प्रयोग भएको देखिन्छ । यस विषयप्रति आपत्ति जनाउँदै विश्व स्वास्थ्य संगठनले पनि विश्वले नै यसको प्रयोगको तरीका तत्काल बदल्न आवश्यक रहेको बताएको छ ।


ADVERTISEMENT


एन्टिबायोटिक समूहको औषधिको प्रयोग बिरामीको अवस्था र मात्रा अनुरुप नवजात शिशुदेखि प्रत्येक उमेर समूहमाथि चलाइन्छ । अझ, अन्य समुहको तुलनामा भर्खरै जन्मिएको शिशुमा संक्रमणको जोखिम उच्च रहने भएकाले उनीहरुमा यसको प्रयोग अझ बढि भएको देखिन्छ । यसरी प्रत्येक उमेर समूहले प्रयोग गर्ने यसको प्रयोग नवजात शिशुका निम्ति कत्तिको उपयोगी छ त? अर्थात्, नवजात शिशुमा यसको असर कस्तो रहन्छ? यसै विषयमा आधारित रहेर इजरायलस्थित इलन युनिभर्सिटिले गरेको अध्ययनले एक रोचक तथ्य सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


सामान्यतयाः जन्मिएको २८ दिनभित्रका कुनै पनि शिशुलाई नवजात शिशु भनिन्छ । तसर्थ जन्मिएको १५ दिनभित्रका शिशुमा एन्टिबायोटिक प्रयोग गरिएको खण्डमा आउदो ६ वर्षसम्म सो शिशुको विकासक्रममा असर पुग्ने सो अध्ययनले जनाएको छ । यसको असर विशेषगरी शिशुको तौल र वजनमा पर्दछ । तुलनात्मक रुपमा जन्मिएको १५ दिनभित्र एन्टिबायोटिक औषधि चलाइएको शिशुको तौल र वजन अन्य समूहको भन्दा कम रहने अध्ययनको निस्कर्ष रहेको छ । तर, यस्ता समस्या दुवै लिंगी(छोराछोरी) शिशुमा नभई पुरुषलिंगी (छोरा) शिशुमा मात्रै देखिने तथ्य पनि सो अध्ययनमा उल्लेख गरिएको छ ।

धेरैजसो नवजात शिशुमै बढि प्रयोग गरिन्छ ‘एन्टिबायोटिक’

अनुसन्धानमा संलग्न अध्ययनकर्ता ओमरी कोरियनका अनुसार, नवजात शिशुमा रोगविरुद्ध लड्ने क्षमता कमजोर रहने भएकाले पनि उनीहरुमा संक्रमणको जोखिम उच्च रहन्छ । यसकारण पनि उनीहरुलाई एन्टिबायोटिकको जरुरत पर्ने उनको तर्क रहेको छ । यद्यपि एन्टिबायोटिकले नवजात शिशुको जीवन बचाउनमा ठुलो भुमिका निर्वाह गर्ने भएता पनि यस्ता औषधिको प्रयोगले शिशुको विकासक्रममा पु¥याउने असरबारे पनि विशेष ध्यान पु¥याउनका निम्ति अध्ययनले सम्प्ुर्ण चिकित्सक एवम् अभिभावकलाई सचेत गराएको छ ।

कस्ता शिशुमा रहन्छ त, यसको जोखिम?
अध्ययनका अनु्सार, जन्मिएको शुरुको पहिलो हप्तामा दिइने एन्टिबायोटिले नवजात शिशुमा हुने ब्याक्टेरिया संक्रमणबाट बचाउँछ । तर, एन्टिबायोटिकको सो डोजले शिशुको शरीरमा फाइदा रहेको पाmइदाजनक ब्याक्टेरियामा समेत असर गर्छ । जन्मिएको शुरुको दिनहरुमा यसको असर उनीहरुको विकासक्रममा पर्न जान्छ । तर, २८ दिन कटिसकेका शिशुमा भने यसको असर देखिदैन ।

ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा बढि एन्टिबायोटिकको प्रयोग भएमा यसको असर मुख्यतयाः शरीरमा रहेका ब्याक्टेरियामा पर्न जान्छ । अर्थात्, आवश्यकभन्दा बढि प्रयोग गरिएको सो औषधिले व्यक्तिको शरीरको नभई ब्याक्टेरियाकै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ ।परिणाम स्वरुप कालान्तारमा शरीरमा भएका त्यस्ता ब्याक्टेरियामाथि एन्टिबायोटिकको कुनै पनि असर देखा पर्दैन । शरीरको यस्तो अवस्थालाई चिकित्सा क्षेत्रअन्र्तगत ‘एन्टिमाइक्रोबियल(एएमआर)’ पनि भनिन्छ ।

हाल विश्वको सन्दर्भमा नै भन्नुपर्दा, ब्याक्टेरियाले औषधिको विरुद्ध आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकसित गरिएको केशहरुमा वृद्धि भएको देखिन्छ । तसर्थ, कुनै पनि औषधिको प्रयोगपुर्व अनिवार्य रुपमा सम्बन्धित चिकित्सकको आवश्यक परामर्श लिन विज्ञहरुले सुझाएका छन् । –एजेन्सी