हेटौँडा–आम नागरिकको तनाव कम गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयद्धारा संगीत थेरापी कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरस लगायत विविध समस्याका कारण तनावमा परेमा आम नागरिकलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको जानकारी दिएको हो ।


ADVERTISEMENT


बिहीवार साँझ ४ बजे बुद्ध चोकमा हुने भनिएको उक्त कार्यक्रमका निमित्त सांगितिक धुनको व्यवस्था भने प्रदेश प्रहरी ब्याण्ड गुल्मले नै गर्ने भएको छ । पहिलो पटक आयोजना हुन लागेको सो कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्डका उपाय अपनाई उपस्थित हुनका लागि कार्यालयले आम नागरिकलाई आग्रह समेत गरेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा विभिन्न प्रकारका सांगितिक धुनमार्फत तनाब व्यवस्थापनको प्रयास गरिनेछ ।