काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूहले निर्वाचन आयोगसँग छलफलका लागि समय माग गरेको छ ।


ADVERTISEMENT


नेकपाको आधिकारिकता र चुनाव चिन्हको विवाद चलिरहँदा आयोगले ओली, प्रचण्ड दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, प्रचण्ड पक्षले भने नेताहरु राजधानी बाहिर रहेकाले छलफलमा आउन नसकिने जवाफ दिएको हो । प्रचण्ड समूहले अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल राजनीतिक कार्यक्रमका लागि काठमाडौँ रहेकाले माघ १८ गते पछि मात्रै छलफलमा आउन सकिने बताएका हो ।


ADVERTISEMENT

# # #


यता प्रधानमन्त्री केपी शर्माओली समूहले भने आयोगलाई निर्वाचनको तयारी थाल्न आग्रह गरेको छ । ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरु शुक्रबार आयोगको कार्यालयमा पुगेर निर्वाचनको तयारीका लागि दल दर्ताको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।

आयोगले दुवै पक्षलाई छलफलमा उपस्थित हुन भन्दै माघ १४ गते पत्र पठाएको थियो ।