नवलपरासी,
१८-असोज /  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्नुभयो ।


ADVERTISEMENT


सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।


ADVERTISEMENT

# # #


-(रासस)