काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माइती घर मण्डलामा पुनः धर्ना दिएको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल माइतीघरमा धर्नाका लागि बसेका हुन् ।


ADVERTISEMENT


धर्नामा प्रचण्ड र नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ पम्फा भुषाल लगायतका नेताहरु सहभागी छन् । उनीहरु यसअघि पनि प्रतिनिधिसभा विघटनकै विरुद्धको गत पुस १२ गते ‘हामी यहाँ छौँ’ लेखिका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह निरन्तर धर्नामा विरोध प्रर्दनमा उत्रिरहेको छ ।

 

तस्बिर : रासस