काठमाडौँ – बि.ओ.के. क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जनालाई संचालक निर्विरोध नियुक्त गरेको छ । नियुक्त हुनेमा बैंक अफ काठमान्डूका प्रतिनिधि महेश मिश्र, चन्द्रराज शर्मा र दीपक गौतम तथा सी.एफ.एस रेमिट प्रा.लि.का प्रतिनिधि रवीन्द्र बल्लब पन्त रहेका छन् ।


ADVERTISEMENT

# # #


साथै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।