काठमाडौँ – सरकारले भारतबाट थप १०० मेगावाट बिजुली खरीद गर्ने भएको छ । ढल्बेकबर–मुजफ्फरपुर ४ सय केभीको प्रसारणलाइनमार्फत थप १०० मेगावाट बिजुली नेपाललाई दिन भारत सहमत भएको हो ।


ADVERTISEMENT


नेपालले हाल ७०० मेगावाट बिजुली भारतबाट खरीद गरिरहेकोमा ढल्बेकबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत २५० गेगावाट बिजुली आयात गरिरहेको छ । बर्षाको समयमा नेपालमा उच्च बिजुली उत्पादन हुने भएपनि जाडोमा साँझको बिजुलीको माग धान्न मुश्किल हुने गरेको प्राधिकरणले बताउँदै आएको छ । जसकारण हाल प्राधिकरणले बिजुलीको लोड कम गर्न बेला बेला लोडसेडिङकै झल्को दिने गरी झ्याप्प झ्याप्प बिजुली काट्न समेत थालेको छ ।


ADVERTISEMENT

# # #


बिजुलीको लोड कम गर्न सरकारले भारतसँग थप बिजुलीको माग गरेको थियो । नेपालले हालै मात्र ढल्केबरमा ४ सय केभीको सबस्टेशन तयार गरेकोमा आज उक्त सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । उक्त सबस्टेशनमार्फत अब भारतबाट एक हजार किलोवाटसम्म बिजुली आयात गर्न सकिने छ ।