काठमाडौँ – चीनले नेपाललाई पहिलो चरणमा तीन लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । चिनियाँ राजदूताबासले आइतवार साँझ विज्ञप्ति निकाल्दै खोप अनुदानस्वरुप दिने जानकारी गराएको हो ।


ADVERTISEMENT


राजदूताबासकाअनुसार चिनियाँ कम्पनी सिनोफार्मले तयार गरेको खोप नेपाललाई दिन लागिएको हो । खोप दुई चरणमा लगाउनुपर्छ । तत्काल डेढ लाखलाई पुग्नेगरी खोप उपलब्ध गराउन लागिएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल र चीन असल छिमेकी, असल मित्रहरू तथा असल साझेदार हुन् । राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराउने निर्णय गरेको छ ।’


ADVERTISEMENT

# # #


चीनले तयार पारेको खोप आन्तरिक र बाह्य देशमा अत्यधिक माग भएपनि असल छिमेकी मुलुकका नाताले नेपाललाई खोप उपलब्ध गराउन लागिएको दूताबासले जनाएको छ ।

चीन आफैले पनि प्रयोग गरिरहेको उक्त खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ ।