काठमाडौँ – राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमवार बिहाना सम्पन्न वोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो ।


ADVERTISEMENT


बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले गर्दा गत मंसिरमा मात्रै भएको थियो । १२ को परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । १२ को परीक्षा सय पूर्णांकको हुने भएपनि वोर्डले यस वर्ष ४० पूर्णांकको मात्र परीक्षा लिएको थियो, जसको मूल्यांकन विद्यालय स्वयंले आन्तरिक मूल्यंकनबाट गरेर वोर्डमा पठाएका थिए ।


ADVERTISEMENT

# # #


वोर्डकाअनुसार एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा गरेर हेर्न सकिनेछ । यसलगायत  राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकम को वेबसाइटबाट पनि हेर्न सकिन्छ।