काठमाडौं – एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा खोलेको छ ।


ADVERTISEMENT


धादिङको धुनिबेशी नगरपालिका धार्केस्थित उक्त शाखाको मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा.सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन । बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेशीनगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


पृथ्वी राजमार्ग छेऊमै रहेको यस शाखामा एटीएम सेवा २४ घन्टा खुल्ला रहनेछ । जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैँकले नेपालभर ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकका साथ १०० स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १३१ एटिएममार्फत बैंकिङ सेवा पुर्‍याउँदै आएको छ ।