डोटी– अस्पतालमा आएर कोरोना विरुद्धको खोप लगाउनेको उपस्थित उत्साहजनक देखिएको छ । भारतबाट अनुदानमा आएको ‘कोभिशिल्ड’ नेपाल सरकारले सबै प्रदेशमा समान रुपमा वितरण गरेपछि पहिलो प्राथमिकतामा रहेका समूहलाई लगाइने खोप कार्यक्रममा खोप लगाउनेको उपस्थित उत्साहजनक देखिएको हो ।


ADVERTISEMENT


कोरोना खोप लगाउनेमा तुलनात्मक रुपमा पुरुषभन्दा महिला स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाको संख्या उल्लेखनीय रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा हालसम्म वितरण गरिएको खोप संख्या ८ सय ७७ मध्ये ३३ मध्ये ५ सय ३२ महिला संख्या र ३ सय ४५ पुरुष संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले बताए ।


ADVERTISEMENT

# # #


गएको बुधबार अर्थात् ,यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ ।

यस्तै, कोरोना खोपको सामान्य असर देखिन्छ, भनिएता पनि हालसम्म यसको असर सबैमा नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीको भनाई छ । उनका अनुसार, कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा मात्रै सामान्य किसिमको समस्या देखिएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको थियो ।

यद्यपि सो असर केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ ।

जिल्लामा जम्मा एक हजार ६ सय २० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको मलासीले बताए।

‘हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ; उनले भने । जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ ।

खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ । रासस