काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको शुरुवात गरेको छ ।


ADVERTISEMENT


महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो । महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरुबीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैँकको खाता मार्फत जरिवाना रकम भुक्तानी हुने प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एसएसपी भट्टराईले यस अघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आई समयको समेत बचत हुनेछ ।

बुधबार एक कार्यक्रमका बीच सेवा प्रदायक कम्पनी ई–सेवा फोन पे प्रा.ली. र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आईपियस) का प्रतिनिधिहरुको उपस्थितिमा महाशाखा प्रमुख एसएसपी भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरी सेवा सुरु गरिएको हो । ईसेवाको तर्फबाट प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आईपियसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिन आवश्यक समन्वय भैरहेको महाशाखाले जनाएको छ । यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ ।

यो अनलाईन प्रबिधि ट्राफिक प्रहरी महाशाखाको लागी माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एव सरल रुपमा सेवा दिन सधै तत्पर रहेको महाशाखाले जनाएको छ ।

यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।