काठमाडौं– कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकावीच प्रदेश नं. २ का माननीय मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवमं ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाट व्यक्त गरे । वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने धेरै भएको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आइएमईले भरोसा कोष मार्फत प्रभावित परिवारलाई सहयोग पुर्याउँदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणा को विषयमा प्रकाश पारेका थिए। कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।

प्रदेश नम्बर २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कूल १५ जनालाई प्रदेश नं. २ का माननीय मख्य मन्त्री लालबाबु राउत र आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग राशी बराबरको चेकहरु संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरस .कोभिड– १९० का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।