काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनताको गाडी जलाएर तमासा हेरेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम हड्तालका नाममा प्रचण्ड–नेपाल समूहको नेकपाले जनतालाई दुःख दिएर रमिता हरेको बताएका हुन् । जनतालाई सवारी चल्न नदिने गरी आमहड्ताल गरेका प्रचण्डले बिहीबार बिहान आफ्नै गाडी चढेर सडकमा उत्रिएका थिए ।


ADVERTISEMENT

# # #


उक्त विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने, ‘अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दु्रःख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो ।’

गरिब किसानले दुःख गरेर फलाएर सडकमा बेच्न राखेका तरकारी फ्याँकिदिएर प्रचण्ड–माधवले कस्तो क्रान्तिकारिता देखाएको भन्दै प्रश्न गरे । उनले नेकपामा कार्यकर्ताजति सबै आफ्नो पक्षमा रहेको समेत जिकिर गरे । ओलीले भने, ‘कार्यकर्ता जति सबै यहाँ (आफूसँग) छन् । कार्यकर्ता सकिएपछि आफै हामी यहाँ छौँ भन्ने छातीमा टाँसेर सडकमा उभिराखेका प्रचण्ड । उभिराखेको पनि कहाँ भन्दा सातदोबाटोमा ।’

उनले प्रचण्ड–नेपालले बाटोमा प्रहरीका एसपी, डीएसपी इन्सपेक्टरलाई भेटायो कि हप्कीदप्की दिने गरेको भन्दै त्यसको सट्टा कानुनको पालना गर्न सुझाए ।