काठमाडौँ– आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रको अध्ययन गर्नका निम्ति ‘किर्तिनिधि विष्ट अध्ययन केन्द्र’ को स्थापना गरिएकोे छ । प्रा. डा. सुदर्शनराज तिवारीका अध्यक्षतामा नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले सो केन्द्रको स्थापना गरिएको हो ।


ADVERTISEMENT


केन्द्रमा उपाध्यक्षको पदमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, सदस्यमा प्रा डा मोहन लोहनी, दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहेका छन् । केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा. विनोद विष्टलाई संरक्षकमा मनोनयन गरेको छ । केन्द्रले जनोपयोगी कार्य गर्नाका अतिरिक्त आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यावहारिक विषयमा तालीम र प्रशिक्षण दिने उद्देश्य राखेको छ ।

नेपाल सरकारका आवधिक योजना र कार्यक्रम आदिको मूल्याङ्कनसमेत गर्नाका साथै नेपालको जलस्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको केन्द्रका सदस्य सचिव प्रसाईँले जानकारी दिए । रासस