काठमाडौँ – यसअघि चीनले नेपाललाई अनुदानमा दिने भनेको कोरोनाविरुद्धको खोपको डोज बढाएको छ ।


ADVERTISEMENT


गत माघ १८ मा चीनले नेपाललाई ३ लाख डोज खोप दिने बताएको थियो, जसको जानकारी नेपालस्थित चिनियाँ राजदूताबासले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।


ADVERTISEMENT

# # #


यद्यपि, शुक्रवार चीनका विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको टेलिफोन संवाद भएपछि चीनले नेपाललाई ५ लाख डोज खोप दिने बताएको हो । परराष्ट्र मन्त्रालयकाअनुसार चीनले पहिलो चरणमा ५ लाख खोप दिन लागेपनि नेपाललाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको थियो ।