सर्लाही – सर्लाही जिल्लाअन्तर्गत भारतीय सीमाको लक्ष्मीपुर बलारादेखि सर्लाहीको गढैया सम्म भारत सरकारको सहयोगमा निर्मित सडकको लागि भारतले नेपाललाई रु. ४८ लाख ४८ हजार रकम उपलब्ध गराएको छ ।


ADVERTISEMENT


शुक्रवार भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले विरगञ्ज डिभिजन प्रमुख विनोद कुमार मौवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारत सरकारको ‘नेपाल भारत विकास सहकार्य’ अन्र्तगतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरिएको हो । यस अन्तर्गत लक्ष्मीपुर–बलरा– मिर्जापुर ४.४६ किलोमिटर र मिर्जापुर–गडहिया १.६२ किलोमिटर गरी दुईवटा परियोजना रहेका छन् ।

यो परियोजना भारत सरकार र नेपाल सरकार बीचको समझौताअन्तर्गतको एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त सडक निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र भौतिक पुर्वाधार विकास तथा यातायात मंत्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो ।