काठमाडौँ – भारतको बिहार राज्यमा एक नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । घटना दुई साता अघिको भएपनि हालै मात्र उक्त घटना बाहिर आएको हो ।


ADVERTISEMENT


बीबीसी हिन्दीकाअनुसार बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो।


ADVERTISEMENT

# # #


बीबीसीकाअनुसार बर्दियाको बारबर्दियाकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । स्थानीय प्रहरी अधिकृतकै डर धम्कीमा बालिकाको शव जलाउन लगाएर बालिकाका बुवालाई नेपाल पठाइएको थियो । बालिकाको हत्यापछि प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाइएको बालिकाको बुवाले बताएका छन् ।

घटनाको १२ दिनपछि प्रहरीमा परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ। त्यसमध्ये पाँच जनालाई बलात्कारपछिको हत्याको र बाँकी ७ जनालाई प्रमाण नष्ट पारेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।