काठमाडौँ– प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो ।


ADVERTISEMENT


पुनःगठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहेका छन् ।


ADVERTISEMENT

# # #


यही माघ ८ गतेको सङ्गठनको भेलामा गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिइएको थियो । रासस

प्रतिकृया

प्रतिकृया