देउखुरी,
२४-असोज / काठमाण्डौ बाट यात्रु बोकेर धनगढी तर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्वरको यात्रु बाहक बस अनियंत्रित भएर बाँकेको राप्ती सोनारी गाउपालिका वडा नम्वर १ को लौकी खोलामा दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमेलीयाले जनाएको छ ।


ADVERTISEMENT


११ जना यात्रु गम्भीर घाइते भएका छन् । बस सडक बाट १५ फिट तल खोलामा खसेको छ । ज्यान जाने र घाइतेहरु कसैको पनि नाम ठेगाना खुल्न सकेको छैन। ज्यान जानेमा एक जना महिला र एक पुरुष रहेको इलाका प्रहरी कार्यालय अमीलियाका प्रहरी प्रमुख भरत सिंह राठौरले जानकारी दिएका छन ।


ADVERTISEMENT

# # #