ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT


नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको थियो।


ADVERTISEMENT

# # #


ओलाङचुङगोलामा घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर पनि भूकम्पका कारण कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । रासस