काठमाडौँ – पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन डेको अवसरमा एन आई सी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप ‘सेलिब्रेट भ्यालेन्टाइन विथ एन आई सी एशिया’ योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस योजना अनुसार बैंकले ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड,क्युआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्न डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा १४ फ्रेब्रुअरीमा डिनर गर्ने आकर्षक योजना ल्याएको छ ।


ADVERTISEMENT

# # #


२०७७ माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनामा मोबाइल बैंकिङ्ग सेवामार्फत क्युआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जनालाई गोलाप्रथाबाट विजयी छनोट गर्नेछ ।