तनहुँ– जिल्ला समन्वय समितिको प्राङ्गणमा ढुङ्गा बिच्छ्याउने कार्य शुरु गरिएको छ । विसं २०७३ मा प्राङ्गणमा ढुङ्गा बिच्छ्याउने निर्णय भएकोमा अहिले आएर त्यसलाई कार्यन्वयन गर्न लागिएको हो ।


ADVERTISEMENT


करिब चार हजार ५०० स्क्वायर फिट क्षेत्रफलमा ढुङ्गा बिच्छ्याउने योजना रहेको जिससका सबइञ्जिनीयर अर्जुन सुवेदीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, जिल्लाभित्र रहेका १० पालिकाबाट प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष बैठकका लागि गाडी लिएर आउँदा कार्यालयमा हिलो र धुलो हुने भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थितस्थल बनाउन लागिएको हो । ‘शुरुमा ढुङ्गा बिच्छ्याएर सोलिङ गरिन्छ । त्यसपछि ढलान गरी पुनः आकर्षण किसिमको ढुङ्गा बिच्छ्याइन्छ; उनले भने ।

पुराना सरसामान हटाउने, कार्यालयमा रङरोगन लगाउने, अतिथिगृहमा चौकीदारका लागि एक कोठा निर्माण गर्ने, महिला सीप विकास केन्द्रको मर्मत तथा जिल्ला समन्वय अधिकारीको क्वार्टर मर्मतलगायतका काम गर्न लागिएको जिससले जनाएको छ । रासस