मुकेश बुढाथाेकी : काेषाध्यक्ष, राष्ट्रिय युवासंघ नेपाल


ADVERTISEMENT


युवासंघको कोषाध्यक्षमा चयन हुनु भएको छ । कस्तो महसुस गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


जनताको काम गर्ने एउठा ठाउँमा सम्पूर्ण युवा साथीहरुले विश्वास गरेर एउटा सुवर्ण अवसर मलाई प्रदान गर्नु भएको छ । जनताको सेवामा म हिजो पनि लागेको थिएँ र हिजो पनि लाग्नेछु ।

पार्टीमा विभाजनको प्रभाव भातृ संगठनमा पनि परिरहेको छ । जसकारण अहिले युवासंघको नेतृत्व पनि परिवर्तन गरिएको छ । यो पछाडिको खास कारण के हो ?

सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीले देख्नुभएको ‘सुखी नेपाल र समृद्ध नेपाल’को जुन एउटा सपना छ, त्यसमा विगतदेखि नै युवाहरु जोडिएका छन् । यो अभियानमा हामी जोडिनुको एउटा लक्ष्य त्यो पनि हो । समृद्ध नेपालको निमित्त, यो समाजको रुपान्तरणका निमित्त हामी जोडिएका हौँ ।

पार्टीमा पैदा भएको पछिल्लो उतार-चढाव र कलहलाई तपाईंले कसरी विश्लेषण गरिरहनु भएको छ ?

हिजो भगवानको पालामा पनि हामी विभिन्न वेदहरुमा बुझ्न सक्छौँ कि सत्ताको निमित्त, पदका निमित्त जन्मिएका घटनालाई हामीले पढ्न सक्छौँ । त्यसकारण मानव जीवनमा यी कुराहरु नौलो होइनन् । राज्य सत्ताको निमित्त जुन उतार चढाव भइरहेको छ, त्यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ । जनताको जुन लक्ष्य र सपना छ, त्यसलाई हामी राजनीतिका नेतृत्वदायी नेताहरुले यसलाई मिलाउनु पर्छ । आज जे-जस्तो किचलो देखिए पनि भोलि एउटा टेबुलमा बसेर मिल्नसक्छ भन्ने कुरा हिजो १० वर्षे जनयुद्धमा जन्मिएका केही साथीहरु आज वार्ताको टेबुलमा आउनु भएको कुराले प्रमाणित गर्छ । केही केही कुराहरु राजनीतिमा सहमति, असहमति रहन्छ । अहिले जे देखिए पनि भोलि शीर्षस्थ नेताहरु बसेर टुंग्याउनु हुनेछ । यसले आम जनतामा हौसला थपिनेछ भन्ने मलाई लाग्छ ।

प्रधानमन्त्री केपी शर्माओलीले जसरी प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गर्नुभयो । यो वैधानिक हो भन्ने आधारहरु तपाईंसँग के छन् ?

अहिले बाहिर जेजति सडक प्रदर्शन देखिए पनि हामीले यसको छिट्टै निकास पाउँछौँ भन्नेमा विश्वस्त छौँ । सम्माननीय प्रधानमन्त्रीप्रति आम विश्वास छ ।

संसद संघटन यस कारण यस कारण जायज हो भनेर जनतालाई कसरी बुझाउनु हुन्छ ?

मलाई लाग्छ, यो त्यती जटिल विषय होइन । प्रधानमन्त्रीले जनताको अधिकारको विश्वास लिएर नेपाल सरकारको नेतृत्व गरिरहँदा उहाँकै नेतृत्वमा देशमा ठूल्ठूला विकासका परियोजनाहरु सम्पन्न भइरहेका छन् । तर, केही साथीहरु प्रधानमन्त्रीले गर्नुभएको काम देखेर अत्तालिनु भएको छ । तर, जनताले प्रधानमन्त्रीको कदमलाई बुझेका छन् ।

तर, नेकपाकै प्रचण्ड–माधव समूह प्रधानमन्त्रीको विरोधमा सडकमा उत्रिएको छ नि ?

विरोध त भइरहन्छ भनेर मैँले अघि पनि भनेँ । यो सत्ताका निमित्त लोभी पापीहरुले गरेको आन्दोलन हो । भइरहेको कामलाई उहाँहरुले कुल्चिन खोज्नु भएको छ । यो निन्दनीय छ । किनभने लाखौँ जनताहरु प्रधानमन्त्रीको पक्षमा उभिएको हामी देख्न सक्छौँ । प्रधानमन्त्रीका कामहरुलाई कुल्चिएर हिंड्नु भएको साथीहरुले एउटा टेबुलमा बसेर टुंग्याउनु पर्ने थियो । यो कुरा उहाँहरुले बुझ्नुपर्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

आम युवा समूहलाई म के भन्न चाहन्छु भने हामी जसरी हिजो हरेक आन्दोलनको मोडमा सँगै उभिएका थियौँ । यो देशमा भएका अराजक विकेति, विसंगतीका विरुद्धमा हिजो हामी सशक्त रुपमा यो दे र जनताको बीचमा उभिएका थियौँ । भोलि पनि हामी आउने दिनहरुमा तमाम युवा साथीहरुसँग म स्वयम् पनि रहनेछु । यहाँहरुको सहयोग र साथमा अगाडि बढ्नेछु भन्ने कुरा राख्न चाहन्छु । यहाँहरुको साथ र सहयोग भोलिका दिनहरुमा पनि रहनेछ भन्ने अपेक्षा गर्दछु ।