काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । राष्ट्रिपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै बुधबार अपराह्न पक्राउ परेकी झाँक्रीलाई चौतर्फी विरोध भएपछि प्रहरीले रिहा गरेको हो ।


ADVERTISEMENT


रिहा भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले राजनीतिक प्रतिशोधका कारण प्रधानमन्त्रीकै आदेशमा आफूलाई पक्राउ गरिए पनि चौतर्फी दबाब थेग्न नसक्दा आफूलाई बिना शर्त गरिएको बताइन् । उनले दबाबको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताइन् ।


ADVERTISEMENT

# # #


उनलाई प्रहरीले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको थियो । मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यस्तो कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ ।

झाँक्रीले केही दिनअघि गोरखाको एक सभामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि प्रहरी कार्यालय बोलाएको थियो । तर, झाँक्री नगएपछि पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

झाँक्रीले आफ्नो मुद्दा राजनीतिक भएकाले पक्राउ पूर्जी ल्याउनु पर्ने बताएकी थिइन् । प्रहरीले उनलाई पक्राउ पूर्जी थमाउँदै निवासबाटै पक्राउ गरेको थियो ।