काठमाडौँ – प्रचण्ड–माधव नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीले जनताको दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छन् ।


ADVERTISEMENT


बिहीबार साँझ रिहा भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ झाँक्रीले राजनीतिक प्रतिशोध लिन प्रधानमन्त्रीको आदेशमा नै पक्राउ गरिए पनि चौतर्फी दबाबका कारण आफू बिना शर्त रिहा भएको बताइन् ।


ADVERTISEMENT

# # #


‘देशभरि एककिसिमको दबाबको स्थिति सिर्जना भयो । यो दबाबको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ ।’ उनले भनिन्, ‘हामीहरुले जित्दैछौँ । त्यसकारण यहाँ कुनै शर्तनामाको कुरा होइन, म बिना शर्त रिहा भएकी छु ।’ संसदको पुनर्स्थापना आफूहरुको पहिलो शर्त रहेको बताउँदै उनले त्यसपछि मात्रै संविधानको सही अभ्यास हुने उल्लेख गरिन् ।

उनले आफू पक्राउ पछि सद्भाव राख्ने सम्पूर्णलाई धन्यवाद दिइन् ।

उनलाई प्रहरीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तरगत बिहीबार अपरान्ह पक्राउ गरेको थियो ।